३२ असार २०८३, बिहीबार

६५ हजार क्विन्टल चामल खरिद गरिँदै

बैशाख १७, २०८०
६५ हजार क्विन्टल चामल खरिद गरिँदै

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ६५ हजार १०० क्विन्टल चामल किन्ने भएको छ । कम्पनीले विभिन्न कार्यालयहरूका लागि चामल किन्न लागेको हो । 
त्यसका लागि कम्पनीले आइतबार इच्छुक कर्म, मिल, संस्था वा कम्पनीबाट शिलबन्दी बोलपत्र पेस गर्न आह्वान गरेको छ । 

कम्पनीले शाखा कार्यालय वीरगन्जका लागि १२ हजार क्विन्टल जिरा मसिनो चालमल खरिद गर्न लागेको छ।  यस्तै काठमाडौँ कार्यालयका लागि अरुवा सोना मनसुली १० हजार क्विन्टल, भैरहवाका लागि सोना मनसुली ५ हजार क्विन्टल खरिद गरिने कम्पनीले जनाएको छ । 

यस्तैगरी नेपालगन्जका लागि जिरा मसिनो १० हजार क्विन्टल, धनगढीका लागि १० हजार, तुलसीपुरका लागि २ हजार र बाँकी सुर्खेतका लागि खरिद गरिनेछ ।  

salt training

कमेन्ट गर्नुहोस्