०२ असार २०८३, मंगलबार

हलेसी तुवाचुङमा सामुदायिक विद्यालयको नतिजा निराशाजनक

बैशाख १७, २०८०
हलेसी तुवाचुङमा सामुदायिक विद्यालयको नतिजा निराशाजनक

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यका साथ नगर स्तरीय वार्षिक परीक्षा लिएको थियो ।

यसअघिसम्म ८ कक्षाको मात्रै नगर स्तरीय परीक्षा सञ्चालन गर्दै आएको हलेसी तुवाचुङले गत चैत ९ देखि १६ गतेसम्म ४ देखि ९ कक्षासम्मको नगरस्तरीय वार्षिक परीक्षा सञ्चालन गरेको हो ।

४ र ५ कक्षा सञ्चालन भइरहेका ४२ र ६ देखि ८ कक्षा सञ्चालन भइरहेका १५ आधारभूत तथा १२ माध्यमिक विद्यालयलाई वार्षिक परीक्षामा सहभागी गराइएको थियो । नगरपालिकाले सञ्चालन गरेको नगरस्तरीय बाह्य मूल्यांकनमा देखिएको विद्यार्थी उत्तीर्ण प्रतिशत भने निराशाजनक छ । 

जनता मावि सल्लेका ४ कक्षामा अंग्रेजी, नेपाली, गणित र सामाजिक विषयमा कुनै पनि विद्यार्थी उत्तीर्ण भएनन् । ४ कक्षामा विज्ञानमा १ जना मात्र विद्यार्थी उत्तीर्ण हुन सफल भएको पाइएको छ । सोही माविको ७, ८ र ९ कक्षामा गणितमा उत्तीर्ण दर शून्य देखिएको छ । ६ कक्षामा गणितमा १ र सामाजिकमा २ जना मात्र उत्तीर्ण भएका छन् । ७ कक्षामा सामाजिकमा १ जना उत्तीर्ण भएका छन् । 

कुनै पनि विषयमा उत्तीर्ण हुनका लागि विद्यार्थीले आन्तरिक र बाह्य मूल्यांकनमा न्यूनतम ३५ प्रतिशत अंक प्राप्त गर्नुपर्ने हुन्छ । ज्योति मावि राजापानीको ४ कक्षामा गणित, सामाजिक र विज्ञानमा १ जना पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन् । ५ कक्षामा पनि गणितमा नतिजा ० देखिएको छ । ६ कक्षामा अंग्रेजीमा २, नेपाली, गणित, सामाजिक र विज्ञानमा १–१ जना उत्तीर्ण भएका छन् । ७ कक्षामा गणितमा १ जना मात्रै उत्तीर्ण भएका छन् ।

८ कक्षामा अंग्रेजीमा ३, नेपालीमा ३, गणितमा १, सामाजिकमा ३ र विज्ञानमा १ तथा १० कक्षामा गणितमा १ जना मात्र उत्तीर्ण भएका छन् । आन्तरिक मूल्यांकनतर्फ सम्बन्धित विद्यालयले पहिलो र दोस्रो त्रैमासिक परीक्षा सञ्चालन गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्