०९ असार २०८३, मंगलबार

सुरुङमार्ग निर्माणको काम गर्दा बुटवल–पाल्पा सडक अब रातिमा मात्र बन्द

बैशाख १७, २०८०
सुरुङमार्ग निर्माणको काम गर्दा बुटवल–पाल्पा सडक अब रातिमा मात्र बन्द

सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने बुटवल–पाल्पा सडक खण्ड रातिमा मात्र बन्द गरिने भएको छ ।

सुरुङमार्ग निर्माणाधीन क्षेत्रमा पर्ने सडक गत चैत २१ गतेदेखि दिउँसो र रातिमा बन्द हुँदै आएको थियो । 

निर्माण व्यवसायीले तदारुकताका साथ काम नगरेपछि सर्वसाधारणबाट विरोध भएको थियो । जिल्ला प्रशासन कार्यालय पाल्पाको समन्वयमा अब रातिमा मात्र बन्द गरेर काम थालिएको छ ।

सुरुङमार्गको काम गर्न दैनिक ९ घण्टा बन्द हुँदै आएकोमा अब रातिको ६ घण्टा मात्र बन्द हुनेछ । गत चैत २१ गतेदेखि दिउँसो ११ बजेदेखि २ बजेसम्म दिनहुँ बन्द हुँदै आएको सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड गत शुक्रवारबाट रातिमा मात्र बन्द हुन थालेको हो ।

राजमार्ग सुरक्षा समितिको बैठकले गत चैत २१ गतेबाट अर्को सूचना नभएसम्मका लागि हरेक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरेर काम गर्न अनुमति दिएको थियो । निर्माण व्यवसायीले सुस्त काम गरेको, दिउँसोमा सवारी चाप अधिक रहेको, बुटवल–नारायणगढ लगायतका सडकका कारण यस क्षेत्रमा दिउँसोमा सवारी चाप अधिक रहेकाले यात्रु, सवारी चालकको दबावका कारण दिउँसोमा गरिएको बन्द हटाइएको पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्