
सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्के खण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
भासिएको सडकमा ढुङ्गाहरू हालेर अस्थायी रुपमा एकतर्फी रुपमा सञ्चालनमा आएको हो ।
धुनीवेशी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोलामाथिको पुलनजिकै सडक भासिएपछि राजमार्ग दुई तर्फी अवरुद्ध बनेको थियो । सडकको बीच भागमै भ्वाङ परेको थियो । करिब दुई घण्टा दुवै तर्फको सवारी आवागमन अवरुद्ध बनेको थियो ।
सवारी आवागमन बन्द हुँदा राजमार्गमा यात्रु रोकिएका रोकिएका थिए । राजमार्गमा रोकिएका यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोधसमेत गरेको छ ।
केही दिन अगाडि पनि धादिङको सोही ठाउँमा पुल छेउको सडक भासिँदा यातायात अवरुद्ध बनेको थियो ।