०३ साउन २०८३, आइतबार

पृथ्वी राजमार्गको धार्के सडकखण्ड एकतर्फी सञ्चालन

बैशाख २०, २०८०
पृथ्वी राजमार्गको धार्के सडकखण्ड एकतर्फी सञ्चालन

सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्के खण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

भासिएको सडकमा ढुङ्गाहरू हालेर अस्थायी रुपमा एकतर्फी रुपमा सञ्चालनमा आएको हो । 


धुनीवेशी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोलामाथिको पुलनजिकै सडक भासिएपछि राजमार्ग दुई तर्फी अवरुद्ध बनेको थियो । सडकको बीच भागमै भ्वाङ परेको थियो । करिब दुई घण्टा दुवै तर्फको सवारी आवागमन अवरुद्ध बनेको थियो ।


सवारी आवागमन बन्द हुँदा राजमार्गमा यात्रु रोकिएका रोकिएका थिए । राजमार्गमा रोकिएका यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोधसमेत गरेको छ ।


केही दिन अगाडि पनि धादिङको सोही ठाउँमा पुल छेउको सडक भासिँदा यातायात अवरुद्ध बनेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्