०८ साउन २०८३, शुक्रबार

इरानले होर्मुज जलसन्धिमा नियन्त्रणमा लियो विदेशी तेल ट्यांकर

बैशाख २०, २०८०
इरानले होर्मुज जलसन्धिमा नियन्त्रणमा लियो विदेशी तेल ट्यांकर

इरानले पनामाको झण्डा रहेको तेल ट्यांकर बुधवार होर्मुज जलसन्धिमा नियन्त्रणमा लिएको अमेरिकी जलसेनाले जनाएको छ । 

हालैका दिनमा इरानले कब्जा गरेको यो दोस्रो ट्यांकर हो । 

अमेरिकी जलसेनाको फिफ्थ फ्लीटले यस जहाजको नाम निओभी भएको जनाएको छ । इरानको रिभोल्युशनरी गार्डले यसलाई नियन्त्रणमा लिएको उसको भनाइ छ ।

इरानको गतिविधि अन्तर्राष्ट्रिय कानूनविपरीत छ र यसले क्षेत्रीय सुरक्षा तथा स्थिरतालाई भंग गर्छ, फिफ्थ फ्लीटले बयान जारी गरी जनाएको छ । 

गत साता मात्र इरानले शेभ्रोनका लागि कच्चा तेल बोकेको मार्शल आइल्यान्ड्सको झण्डा भएको एक तेल ट्यांकर नियन्त्रणमा लिएको थियो । एड्भान्टेज स्वीट नामक ट्यांकरमा २३ भारतीय र एक रुसी नागरिक थिए । 

salt training

कमेन्ट गर्नुहोस्