२५ जेठ २०८३, सोमबार

अघोषित रूपमा हेल्सिन्की पुगे जेलेन्स्की

बैशाख २०, २०८०
अघोषित रूपमा हेल्सिन्की पुगे जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्की बुधवार पूर्वघोषणा नगरिकनै फिनल्यान्डको राजधानी हेल्सिन्की पुगेका छन् । 

त्यहाँ उनले नर्डिक मुलुकहरूसँग रुसी आक्रामकताका बारेमा छलफल गर्ने बताइएको छ । 

फिनल्यान्डका राष्ट्रपति साउली नीनिस्तोले जेलेन्स्कीको भ्रमणको घोषणा गरेका हुन् । फिनल्यान्डले स्विडन, नर्वे, डेनमार्क र आइसल्यान्डका सरकारप्रमुखहरूलाई वर्तमान परिस्थितिमा सुरक्षा, नर्डिक सहकार्य तथा युक्रेनलाई गर्ने समर्थनका विषयमा छलफल गर्न कार्यक्रम आयोजना गरेको हो । 

गत डिसेम्बरदेखि नर्डिक मुलुकहरूले युक्रेनका लागि सहायता रकम वृद्धि गरेका छन् । त्यसमध्ये पनि फिनल्यान्डले सहायतामा १६५ प्रतिशत वृद्धि गरेको छ भने नर्वेको सहयोग ९० प्रतिशतले बढेको छ । 

अप्रिल महिनामा फिनल्यान्ड नेटोको सदस्य बनेपछि अहिले यो बैठक आयोजना गरिरहेको हो । 

salt training

कमेन्ट गर्नुहोस्