
युक्रेनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या गर्नका लागि मंगलवार राति दुईवटा ड्रोन आक्रमण गरेको रुस सरकार क्रेमलिनले जनाएको छ ।
ती ड्रोनलाई विद्युतीय उपकरण उपयोग गरी खसाइएको र तिनले कुनै हताहती वा क्षति नगराएको क्रेमलिनको भनाइ छ । मस्कोले यसलाई आतंकवादी घटना भनेको छ ।
रुसले यसको कठोर प्रतिकार गर्ने पनि पुटिनको कार्यालयले जनाएको छ ।
‘यो पूर्व नियोजित आतंकवादी घटना भएको र रुसका राष्ट्रपतिको ज्यान लिने प्रयास भएको हाम्रो मान्यता छ,’ राष्ट्रपति कार्यालयले जनायो ।