०८ साउन २०८३, शुक्रबार

भूतपूर्व गोर्खा सैनिकका समस्या छिट्दै समाधान हुने उपराष्ट्रपतिको विश्वास

बैशाख २०, २०८०
भूतपूर्व गोर्खा सैनिकका समस्या छिट्दै समाधान हुने उपराष्ट्रपतिको विश्वास

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेकी छिन् ।  

लैनचौरस्थित उपराष्ट्रपति भवनमा बुधवार भएको भेटमा नेपाल र बेलायतबीच सदियौँदेखि रहिआएको घनिष्ठ सम्बन्धका विविध आयामबारे विचारविमर्श भएको थियो ।
 
सो क्रममा उपराष्ट्रपति यादवले ६ मे २०२३ मा हुन लागेको बेलायतका राजा चार्ल्स तृतीयको शुभ राज्याभिषेक समारोह सफलताको कामना गरेका थिए । उनले भूतपूर्व गोर्खा सैनिकका मागको विषयमा छिट्दै समाधान निस्कनेछ भन्ने विश्वास व्यक्त गरेका उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।
 
भेटमा राजदूत पोलिटले गोर्खा सैनिकले पुर्‍याएको योगदानका लागि आभार प्रकट गरेकी थिइन् । उनले भूपू गोर्खा सैनिकको मागको विषयमा भएका वार्ता सकारात्मक ढङ्गले अघि बढिरहेको बताएकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्