३२ असार २०८३, बिहीबार

मोहन बस्नेतलाई पुनः स्वास्थ्य मन्त्रालय सम्हाल्ने अवसर

बैशाख २०, २०८०
मोहन बस्नेतलाई पुनः स्वास्थ्य मन्त्रालय सम्हाल्ने अवसर

कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई पुनः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्हाल्ने अवसर प्राप्त भएको छ । यसअघि २०५६ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी स्वास्थ्य राज्यमन्त्री भएका थिए ।
 
विसं २०१५ भदौ २७ जन्मिएका बस्नेतले प्रारम्भिक शिक्षा सिन्धुपाल्चोकमै लिएका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा एमए गरेका छन् । नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै उनी विसं २०५६ र २०६८ को आम निर्वाचनमा सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभा र दोस्रो संविधानसभा सदस्यको रूपमा निर्वाचित भएका थिए  ।
 
मन्त्री बस्नेत २०७० सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको चौथो मन्त्रिपरिषद् सूचना तथा सञ्चारमन्त्रीका रूपमा जिम्मेवारी सम्हालिसकेका छन् । 
  
नवनियुक्त मन्त्री बस्नेत विगत लामो समयदेखि सामाजिक, राजनीतिक, शैक्षिकलगायतका विभिन्न कार्यमा संलग्न छन् । 

salt training

कमेन्ट गर्नुहोस्