
काठमाडौंमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा चट्याङ लागेर मकवानपुरको भिमफेदी घर भएका ३५ वर्षीय राजु तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
निर्माणाधीन घरमा काम गरिरहेको बेलामा चट्याङ लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।