२२ जेठ २०८३, शुक्रबार

रुसी राष्ट्रपति पुटिनको हत्या गर्ने प्रयास गरिएको आरोप

बैशाख २१, २०८०
रुसी राष्ट्रपति पुटिनको हत्या गर्ने प्रयास गरिएको आरोप

संसारका प्रभावशाली नेतामध्ये पर्ने रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या गर्ने प्रयास गरिएको आरोप लगाइएको छ ।

छिमेकी देश युक्रेनले मध्यराति ड्रोन हमला गरेर हत्या प्रयास गरेको आरोप रुसले लगाएको छ ।

पुटिनको आवासीय क्षेत्र क्रेमलिनमा २ ड्रोन हमला भएका थिए । जसलाई आतंकवादी हमला पनि भनिएको छ ।

रुसले पुटिनको हत्या गर्ने योजनासहित ड्रोन हमला गरिएको आरोप लगाएको छ तर ड्रोन लक्ष्यमा पुग्न नपाउँदै रुसले नष्ट गरेको थियो ।

रुसले ड्रोन हमलाको आरोप युक्रेनमाथि लगाएको छ । विगत लामो समयदेखि रुस र युक्रेनबीच युद्ध चलिरहेको छ ।

लगभग १ महिनाअघि पुटिनले आफू क्रेमलिनस्थित अपार्टमेन्टमा बस्ने गरेको बताएका थिए । त्यसको १ महिनापछि आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सोही क्षेत्रमा रुसको संसद भवन पनि छ ।

salt training

कमेन्ट गर्नुहोस्