०५ साउन २०८३, मंगलबार

नवनियुक्त मन्त्रीहरूको शपथ आज हुँदै

बैशाख २१, २०८०
नवनियुक्त मन्त्रीहरूको शपथ आज हुँदै
फाइल फोटो

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिमण्डलमा नवनियुक्त ३ जना मन्त्रीको शपथ ग्रहण आज बिहीवार हुने भएको छ ।

बिहीवार दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शितलनिवासमा नवनियुक्त मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ गराइनेछ ।

प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति पौडेलले बुधवार कानून, न्याय तथा संसदीय मामिलामन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्रीमा डिगबहादुर लिम्बुलाई नियुक्त गरेका थिए ।

गत पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानअनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनीहरूलाई नियुक्त गरी कार्यभार तोकिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्