२१ जेठ २०८३, बिहीबार

साफ च्याम्पियनसिपमा कुवेतले पनि खेल्ने निश्चित

बैशाख २१, २०८०
साफ च्याम्पियनसिपमा कुवेतले पनि खेल्ने निश्चित

आगामी असारमा हुने साफ च्याम्पियनसिपमा कुवेतले पनि खेल्ने भएको छ ।  दक्षिण एसियाली फुटबलको महासंघ (साफ) ले असार ६ देखि १८ सम्म हुने १४ औं संस्करणमा पहिलो पटक कुवेतलाई सहभागिता गराउने निर्णय लिएको हो । 

प्रतियोगिता भारतको बंगलुरुमा आयोजना हुदैँछ । साफ सचिवालयका अनुसार यो पटकको साफ च्याम्पियनसिप खेलमा दक्षिण एसियाका ६ र कुवेतसहित ७ टोलीले सहभागिता जनाउने भएका छन् । 
जसअनुसार आयोजक भारत, नेपाल, माल्दिभ्स, पाकिस्तान, भुटान, बंगलादेश र दक्षिण एसिया बाहिरको कुवेत रहेका छन् ।  

फिफाको निलम्बनमा परेका कारण श्रीलंकाले भने भाग लिन पाउँदैन । 
 

salt training

कमेन्ट गर्नुहोस्