
नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दिपलाई रुपन्देही प्रहरीले काठमाडौं पठाउने तयारी गरेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधवार राति बुटवलबाट पक्राउ परेका सन्दिपलाई अहिले बुद्ध एयरको विमानमार्फत भैरहवाबाट काठमाडौं पठाइँदैछ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी श्यामू अर्यालले ७ बजेको फ्लाइटबाट पठाउने तयारी भए पनि डिले हुँदा विमान अझै उड्न नसकेको बताए ।
डीएसपी अर्यालले लोकान्तरसँग भने, ‘हिजो राति बुटवलबाट पक्राउ गरेर राति भैरहवास्थित जिल्ला प्रहरी कार्यालयमा राखियो । अहिले काठमाडौं पठाउन लागेका हौं । अहिले उनीहरू गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा छन् ।’
पूर्व मन्त्री समेत रहेका रायमाझी र उनका छोरा सन्दिपलाई बुधवार नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ पुर्जी जारी भएको थियो ।