१३ असार २०८३, शनिबार

क्रेमलिनमा भएको ड्रोन आक्रमणमा अमेरिकाको समर्थन रहेको रुसको आरोप

बैशाख २१, २०८०
क्रेमलिनमा भएको ड्रोन आक्रमणमा अमेरिकाको समर्थन रहेको रुसको आरोप

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई मार्ने उद्देश्यले गरिएको ड्रोन आक्रमणमा अमेरिकाको समर्थन रहेको रुसले बिहीवार आरोप लगाएको छ । 

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूसँग कुराकानीका क्रममा यो आरोप लगाएका हुन् । वाशिङटनले आक्रमणका निशानाहरूको छनोट गरिरहेको र युक्रेनले त्यसलाई कार्यान्वयन गरिरहेको पेस्कोभको भनाइ छ । 

युक्रेनले यस आक्रमणमा आफ्नो कुनै हात नरहेको बताएको छ । 

‘यस घटनामा आफ्नो संलग्नता नरहेको भनी किएभ र वाशिङटनले प्रयास गरेको भए पनि त्यो वाहियात हो । यस्ता आतंकवादी आक्रमणबारेमा निर्णय किएभमा नभई वाशिङटनमा बन्ने गर्छन् भन्ने कुरा हामीलाई थाहा छ,’ पेस्कोभले थपे ।

रुसले यस घटनाको उचित जवाफ फर्काउने पेस्कोभको भनाइ छ । रुससँग प्रत्याक्रमणका अनेकौं विकल्प रहेको उनको भनाइ छ । घटनाको अनुसन्धान चलिरहेको जानकारी उनले दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्