१० साउन २०८३, आइतबार

न्याय चुस्त र दुरुस्त बनाउने मेरो पहिलो प्राथमिकता : मन्त्री गुरुङ

बैशाख २१, २०८०
न्याय चुस्त र दुरुस्त बनाउने मेरो पहिलो प्राथमिकता : मन्त्री गुरुङ

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आर्थिक पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

बिहीवार मन्त्रालयको जिम्मेवारी सम्हाली सकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । 

उनले कुनैपनि योजना अघि बढाउँदा त्यसको लागत किस्ताबन्दीमा के, कति भन्ने कुरा निकालेर मात्रै अघि बढ्ने बताए ।

आफ्नो पहिलो प्राथमिकता न्याय ढिलो हुन नदिने विषयमा रहेको उनको भनाइ थियो ।

न्याय चुस्त र दुरुस्त बनाएर अघि बढ्ने बताउँदै उनले कुनै पनि क्षेत्रमा भएको भ्रष्टाचारमा कसैलाई पनि छुट नहुने बताए । 

कानूनमन्त्री गुरुङले आजनै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्