०२ असार २०८३, मंगलबार

‘प्रधानमन्त्री उज्ज्वला योजना’ अनुदानका लागि नेपाल र भारतबीच समझदारी पत्रमा हस्ताक्षर

बैशाख २१, २०८०
‘प्रधानमन्त्री उज्ज्वला योजना’ अनुदानका लागि नेपाल र भारतबीच समझदारी पत्रमा हस्ताक्षर

भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत महोत्तरी जिल्लाका ५ नगरपालिकाका विपन्न तथा सीमान्तकृत समुदायका व्यक्तिलाई निःशुल्क एलपीजी ग्यास चुल्हो र ग्यास सिलिन्डर वितरण गरिने भएको छ ।
 
यससम्बन्धी सम्झौता पत्रमा काठमाडौंस्थित भारतीय राजदूतावास र सुशीला ठाकुर स्मृति स्वास्थ्य फाउन्डेसनबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

बिहीवार आयोजित एक कार्यक्रममा दूतावासका प्रथम सचिव करुण वंशल र फाउन्डेसनका निर्देशक सुशीला ठाकुरले हस्ताक्षर गरेका छन् ।

भारत सरकारले फाउन्डेसनलाई उपलब्ध गराएको करीब ५ करोड रुपैयाँ अनुदानबाट महोत्तरी जिल्लाका ५ नगरपालिकाका झण्डै ८ हजार विपन्न तथा सीमान्तकृत परिवार लाभान्वित हुने सम्झौतामा उल्लेख छ ।  

दाउरा, कोइला, गुँइठाजस्ता परम्परागत इन्धनमा निर्भर ग्रामीण भेगका घरपरिवारलाई एलपीजी ग्यास उपलब्ध गराउने उद्देश्यले भारत सरकारको ‘प्रधानमन्त्री उज्ज्वला योजना’ अन्तर्गत अनुदान उपलब्ध गराएको हो । 

सन् २००३ यता भारतले नेपालमा ५३५ भन्दा बढी उच्च प्रभावकारी सामुदायिक विकास परियोजना अघि बढाएकामा हालसम्म ४७८ वटा सम्पन्न भइसकेका छन् । तीमध्ये महोत्तरी जिल्लाका ६ वटा गरी मधेश प्रदेशमा मात्र ८१ वटा आयोजना रहेका छन् । 

यसका अतिरिक्त भारत सरकारले महोत्तरी जिल्लाका विभिन्न अस्पताल एवं स्वास्थ्य चौकीलाई २३ वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरिसकेको छ ।

निकट छिमेकीका रूपमा भारत र नेपालबीच बहुपक्षीय एवं बहुक्षेत्रीय सहकार्य रहेको छ । नेपाली जनताको जीवनस्तर उकास्न नेपाल सरकारले गरेका प्रयासहरूमा भारतको निरन्तर सहयोग रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्