काठमाडौं १९ भदौ– उत्तर कोरियाले आइतवार गरेको हाइड्रोजन बम परीक्षणपप्रति नेपालको एउटा सानो दलले समर्थन गरेको छ । नेपाल मजदुर किसान पार्टीले उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षणको समर्थन गरेको हो ।
‘आफ्नो देशको सार्वभौमसत्ताको रक्षाका लागि क्षेप्यास्त्र परीक्षण गर्नु उत्तरको अधिकारको बिषय हो,’ नेमकिपा सचिव प्रेम सुवालले लोकान्तरसँग भने, ‘साम्राज्यवाद विरोधी देशहरुका लागि ठूलो विजय हो । विश्वका कामदार र मजदुर बर्गका लागि गर्वको कुरा हो ।’
साउन २० देखि २२ सम्म बसेको नेमकिपाको २७ औं परिष्द बैठकले उत्तर कोरियाले गरेको पाँचौ क्षेप्यास्त्र परीक्षणको स्वागत गरेको थियो ।
‘नेटो र अमेरिकी साम्राज्यवादले उत्पादन गरेका हतियार ध्वस्त गरेपछि मात्र उत्तरलाइ नगर भन्न पाउँछ,’ सुवालले भने, ‘उत्तरले साम्राज्यावदको पिछलग्गु बन्न चाहेन, उसको कदमको हामी समर्थन र ऐक्यबद्धता जनाउछौ ।’