१२ असार २०८३, शुक्रबार
नक्कली शरणार्थी प्रकरण

शरणार्थी प्रकरणलाई 'ट्रेलर' भन्दै प्रचण्डले भने- सिंगो फिल्म बाँकी छ, दबाब र धम्कीको सामना गरिनेछ

बैशाख २३, २०८०
शरणार्थी प्रकरणलाई 'ट्रेलर' भन्दै प्रचण्डले भने- सिंगो फिल्म बाँकी छ, दबाब र धम्कीको सामना गरिनेछ
फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारका ठूला फाइलहरू खुल्दै जाने बताएका छन् । शनिवार नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणतर्फ लक्षित गर्दै 'यो ट्रेलर मात्रै' भएको बताए । 

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले अब भ्रष्टाचारीहरूको फाइल खोलिने बताए । 'केही दिन अगाडि मैले अब भ्रष्टाचारीहरूको फाइल खोलिन्छ भनेको थिए । प्रक्रिया सुरु भएको छ,' शरणार्थी प्रकरणतर्फ संकेत गर्दै उनले भने, 'आज तपाईँहरूले देखिरहनुभएको छ । यो ट्रेलर मात्रै हो । हेर्दै जानुहोस् सिङ्गै फिल्म देखिन्छ ।'

ठूला भ्रष्टाचारका फाइल खोल्दा घेराबन्दी र दबाब आए पनि सामना गर्न तयार रहेको उनले बताए । 'भ्रष्टाचारका फाइल खोल्दा धेरै चिज हुनसक्छ । पक्कै पनि ठूलो घेराबन्दी, दबाब, धम्की आउला,' उनले भने 'तर जनता साथमा भयो भने जतिसुकै ठूला धम्कीको पनि सामना गरिने छ ।'

salt training

कमेन्ट गर्नुहोस्