
बालिका बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका २ घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका ४ मा बस्ने २२ वर्षीय दिनेश मगर रहेका प्रहरीले जनाएको छ ।
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा उनलाई प्रहरीले शनिवार बिहान पक्राउ गरेको हो ।
पक्राउ परेका मगरले ती किशोरीलाई ललाई फकाई आफ्नो कोठामा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुना साथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।