०६ असार २०८३, शनिबार

५४ तोला सुन र ८ केजी चाँदीसहित दुई जना पक्राउ

बैशाख २३, २०८०
५४ तोला सुन र ८ केजी चाँदीसहित दुई जना पक्राउ

५४ तोला सुन र ८ केजी चाँदीसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा विनोद मुरारका र उनकी श्रीमती पुस्पा मुररका रहेका छन् ।

को २ च १४९५ नम्बरको इको भेनबाट नेपाल आउँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले जानकारी दिए । प्रमुख बाँस्तोलाका अनुसार उनीहरूको साथबाट साढे सात लाख रूपैयाँ समेत बरामद भएको छ ।

विनोद विराटनगरस्थित केएल दुगड कम्पनीका लेखापालसमेत रहेको प्रहरीले जनाएको छ । ​बरामद भएको सामानको मूल्य अन्दाजी ९० लाख रूपैयाँ रहेको प्रहरीको अनुमान छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्