
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानूनविद्हरूसँग छनफल गरेका छन् ।
शनिवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सरकारमा सहभागी दलका शीर्ष नेताहरू र अधिवक्ताहरूलाई छलफलका लागि बोलाएका थिए ।
उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।
शुक्रवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका बारेमा कानूनविद्हरूसँग छलफल गरेका हुन् ।