१८ असार २०८३, बिहीबार

प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनु नपर्ने सत्ता गठबन्धनको निष्कर्ष

बैशाख २३, २०८०
प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनु नपर्ने सत्ता गठबन्धनको निष्कर्ष

सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनु नपर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले अहिले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने आवश्यकता नभएको जानकारी दिए । 

‘अहिले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छैन । त्यो आवश्यकता परिरहेको छैन ।’ बैठकपछि पाण्डेले भने । 

शुक्रवार मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको थियो । तर गत माघ २२ गते नै सरकारबाट रास्वपाले मन्त्री फिर्ता बोलाएकाले संविधानअनुसार पनि प्रधानमन्त्रीले विश्वासको मत लिनु नपर्ने दाबी एकथरी कानूनविदले गरिरहेका छन् ।

संविधानको धारा १०० उपधारा २ मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा प्रतिनिधिसभामा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्ने उल्लेख छ ।

तर रास्वपा यस अघि सरकारबाट बाहिरिएर समर्थनमात्रै दिइरहेकोले विश्वासको मत लिन नपर्ने सत्तागठबन्धनकाे दाबी गरिएको छ । 

साथै बहुमतका लागि १३८ सिट आवश्यक पर्नेमा प्रधानमन्त्रीलाई अझै कांग्रेस, माओवादी, जसपा, नेकपा एस, लोसपा, नागरिक उन्मुक्ति, जनमतसहितका १५८ सांसदको समर्थन रहेको देखिन्छ । यसैले बहुमत नगुमाएकोले पनि उनले पुनः विश्वासको मत लिनु नपर्ने बताइएकाे छ। 

यस अघि सरकारमा सहभागी भएकै बेला राप्रपा र एमाले सरकारबाट फिर्ता भएपछि प्रधानमन्त्रीले ६ चैतमा दोस्रोपटक विश्वासको मत लिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्