×

NMB BANK
NIC ASIA

काठमाडौं, १९ भदौ– प्रहरीले काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गरेको छ । सोमवार विहान २ बजे प्रहरीले क्षेत्रपाटीबाट सो परिणाममा सुन बरामद गरेको हो । टाटा सफारी गाडिमा बोकर ल्याइएको सुन प्रहरीले समाएको हो ।

प्रहरीले सुनसहित गाडि चालक मकवानपुरका मनोज अधिकारीलाई पक्राउ गरेको छ । सोमवारसम्ममा तस्करीको सुन काठमाडौंमा आउने सूचना प्रहरीले पहिल्यै पाएको थियो । महानगरीय प्रहरी आयुक्तको कार्यालय र प्रहरीको अपराध अनुसन्धान महाशाखामा उक्त सुनको जानकारी आएको प्रहरीले जनाएको छ ।



महानगरीय प्रहरी र अपराध महाशाखाको संयुक्त टोलीले उज्यालो नहुँदै क्षेत्रपाटीबाट सुन समाएको हो । महाशाखाका एसएसपी विवेश लोहनीले उक्त विषयमा थप अनुसन्धान हुन बाँकी रहेको बताए ।

प्रहरी उच्च स्रोतका अनुसार यति ठूलो परिमाणको सुन थुप्रै कनेक्सनहरुबाट काठमाडौं आएको हाे । ‘सुन तस्करीमा एक जना चिनियाँ नागरिक पनि संलग्न रहेको देखिन्छ,’ प्रहरी स्रोतले भन्यो, ‘एक दुई जना मात्रै मिलेर यति धेरै सुन ल्याउन सकिँदैन । नेपालकै पनि हाइप्रोफालहरुको संलग्नता रहेको पनि हुन सक्छ ।’



सुन चीनबाट काठमाडौं आएको हो । सुनले चीनबाट नेपाल छिर्ने मुख्य नाका केरुङ मात्रै होइन अरु थुप्रै चेकपोष्टहरु पनि पार गर्दै आएको छ । त्यसैले सुन तस्करीमा ‘पावरवाला’ सरकारी अड्डाकै अधिकारीहरुको पनि मिलेमतो देखिन्छ ।

प्रहरीका अनुसार प्रक्राउ परेका चालकले अहिले प्रहरीलाई अनुसन्धानमा पूर्ण रुपमा असहयोग गरेका छन् । उनले कुनै पनि कुराहरु खोल्न चाहेका छैनन् । ‘उसले हामीहरुलाई अनुसन्धानमा सहयोग गरेको छैन,’ अपराध महाशाखाका एसएसपी लोहोनीले भने, ‘अब हामी लामो अनुसन्धान गरेर उनीहरुलाई संगठित अपराधकै मुद्दा चलाउँछौं ।’

प्रहरीले बा १७ च ६४२७ नम्बरको गाडिलाई सुनसहित पक्राउ गरेको हो । तल्लो तहका प्रहरी कर्मचारी र ट्राफिकबाट सजिलै छलिनका लागि गाडिमा ‘भिआइपी संकेत’ समेत राखिएको थियो ।



तर प्रहरीले विशेष सूचनाको आधारमा झण्डै पचास करोड मुल्यको ८८ किलो सून र झण्डै ५० लाख रुपैयाँको गाडी बरामद गरेको हो ।

प्रहरीले सुन तस्करीको पहिलो निगरानी काठमाडौंका सून व्यापारीलाई बनाएको छ । काठमाडौंमा ल्याएको सुन बजारमा पठाउनको लागि सुन व्यापारीहरुको मुख्य हात हुने भएकाले तस्करीमा व्यापारीहरु पनि संलग्न रहेको लख प्रहरीले काटेको छ ।

यति ठूलो परिमाणमा पहिलो पटक सुन समातिएको हो । यो भन्दा अघि प्रहरीकै केन्द्रीय अनुसन्धान ब्यूरोले साढे ठूलो परिमाणमा ३३ किलो सुन बरामद गरेको थियो । उक्त सुन तस्करीमा पनि काठमाडौंका सुन व्यापारीहरुको संलग्नता रहेको देखिएको थियो ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x