×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा बैठक

प्रेम सुवालको प्रश्न : नेपालीलाई भुटानी शरणार्थी बनाएर अर्बभन्दा बढी ठगी गर्ने को–को हुन् ?

प्रेम सुवालले देउवा र प्रचण्डमाथि पनि छानबिन हुनुपर्ने बताएपछि सांसदले ठोके समर्थनमा टेबल

बैशाख २४, २०८०

NTC
Premier Steels

नेमकिपाका सांसद प्रेम सुवालले नेपालीलाई भुटानी शरणार्थी बनाएर एक अर्बभन्दा बढी ठगी गर्ने कार्यमा संलग्नमाथि कारबाहीको माग गरेका छन् । आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सुवालले तत्कालीन गृहमन्त्री रामबहादुर थापाको निर्णयअनुसार नेपालीलाई भुटानी शरणार्थी बनाउने कार्यदल गठन भएको खबर सञ्चारमाध्यममा आएको बताए । 

Muktinath Bank

सोहीअनुसार भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने दाबी गरी एक अर्बभन्दा बढी ठगी गर्ने को–को हुन् भन्दै उनले प्रश्न गरे । उनले यसबारे सरकारले सदनलाई जानकारी गराउनुपर्ने माग गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘समाचारहरुमा एक पूर्वमन्त्री फरार अर्का तानिए, पक्राउ पर्ने थाहा पाएरै रायमाझीले अर्घाखाँची जाँदा पीएसओ काठमाडौँमा छाडेका थिए, पार्टी सचिव नै ठगीमा मुछिएपछि प्रधानमन्त्री भेट्न पुगे ओली, रेकर्ड बाहिर ल्याउँछु भनेपछि हच्किए प्रचण्ड, ओलीको दवावमा रायमाझीलाई सरकारले पक्राउ गर्न सकेन, बालकृष्ण खाँणपनि तानिए...आदिआदि समाचार प्रकाशित भइरहेको छ’, सुवासले भने । 


Advertisment
Nabil box
Kumari

यसअघि पनि वाइबढीमा देउवा पनि र आरजुलाई शैक्षिक माफियाको जेठी दिदी भनेर समाचार आएको भन्दै सुवालले माओवादी अध्यक्ष प्रचण्डको पनि विदेशी बैंकमा अर्बौ रुपैयाँ रहेको दाबीसहित समाचार आएकाले यी सबै विषयमा छानबिन हुनुपर्ने माग गरे । 

Vianet communication

सुवासले यस्तो माग गर्दा कतिपय सांसदहरुले टेबल ठोकेर समर्थन गरेका थिए । उनले रास्वपाले विश्वासको मत फिर्ता लिइसकेकाले सरकारले पुन विश्वासको मत लिनुपर्ने पनि बताए । 
उनले नागरिकता विधेयक पुनः प्रमाणीकरण गर्न चलखेल भइरहेको भन्दै वर्तमान राष्ट्रपतिले यसमा केही गर्न नसक्ने समेत सदनमा जिकिर गरे । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x