११ साउन २०८३, सोमबार
प्रतिनिधिसभा बैठक

प्रेम सुवालको प्रश्न : नेपालीलाई भुटानी शरणार्थी बनाएर अर्बभन्दा बढी ठगी गर्ने को–को हुन् ?

प्रेम सुवालले देउवा र प्रचण्डमाथि पनि छानबिन हुनुपर्ने बताएपछि सांसदले ठोके समर्थनमा टेबल
बैशाख २४, २०८०
प्रेम सुवालको प्रश्न : नेपालीलाई भुटानी शरणार्थी बनाएर अर्बभन्दा बढी ठगी गर्ने को–को हुन् ?

नेमकिपाका सांसद प्रेम सुवालले नेपालीलाई भुटानी शरणार्थी बनाएर एक अर्बभन्दा बढी ठगी गर्ने कार्यमा संलग्नमाथि कारबाहीको माग गरेका छन् । आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सुवालले तत्कालीन गृहमन्त्री रामबहादुर थापाको निर्णयअनुसार नेपालीलाई भुटानी शरणार्थी बनाउने कार्यदल गठन भएको खबर सञ्चारमाध्यममा आएको बताए । 

सोहीअनुसार भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने दाबी गरी एक अर्बभन्दा बढी ठगी गर्ने को–को हुन् भन्दै उनले प्रश्न गरे । उनले यसबारे सरकारले सदनलाई जानकारी गराउनुपर्ने माग गरे ।

‘समाचारहरुमा एक पूर्वमन्त्री फरार अर्का तानिए, पक्राउ पर्ने थाहा पाएरै रायमाझीले अर्घाखाँची जाँदा पीएसओ काठमाडौँमा छाडेका थिए, पार्टी सचिव नै ठगीमा मुछिएपछि प्रधानमन्त्री भेट्न पुगे ओली, रेकर्ड बाहिर ल्याउँछु भनेपछि हच्किए प्रचण्ड, ओलीको दवावमा रायमाझीलाई सरकारले पक्राउ गर्न सकेन, बालकृष्ण खाँणपनि तानिए...आदिआदि समाचार प्रकाशित भइरहेको छ’, सुवासले भने । 

यसअघि पनि वाइबढीमा देउवा पनि र आरजुलाई शैक्षिक माफियाको जेठी दिदी भनेर समाचार आएको भन्दै सुवालले माओवादी अध्यक्ष प्रचण्डको पनि विदेशी बैंकमा अर्बौ रुपैयाँ रहेको दाबीसहित समाचार आएकाले यी सबै विषयमा छानबिन हुनुपर्ने माग गरे । 

सुवासले यस्तो माग गर्दा कतिपय सांसदहरुले टेबल ठोकेर समर्थन गरेका थिए । उनले रास्वपाले विश्वासको मत फिर्ता लिइसकेकाले सरकारले पुन विश्वासको मत लिनुपर्ने पनि बताए । 
उनले नागरिकता विधेयक पुनः प्रमाणीकरण गर्न चलखेल भइरहेको भन्दै वर्तमान राष्ट्रपतिले यसमा केही गर्न नसक्ने समेत सदनमा जिकिर गरे । 
 

salt training

कमेन्ट गर्नुहोस्