×

NMB BANK
NIC ASIA

जालसाझी गरेको आरोपमा दुई पक्राउ

बैशाख २४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

जग्गा कीर्ते तथा जालसाझी गरेको आरोपमा कपिलवस्तुको चन्द्रौटाबाट दुईजना पक्राउ परेका छन् । शिवराज नगरपालिका–११ थुन्हिया बस्ने कानुन तथा लेखापढी व्यवसायी समिति एकाइ चन्द्रौटाका अध्यक्ष राम निवास कुर्मी चौधरी र उनका सहयोगी रामप्रताप यादव पक्राउ परेका हुन् । 

Muktinath Bank

अध्यक्ष कुर्मी र उनका सहयोगी यादवले साबिक वीरपुर गाविस–९ स्थित मुकेश यादवका नाममा रहेको जग्गा जग्गाधनी यादवलाई जानकारी नगराई नक्कली राजीनामा बनाएर ठगी गरेको आरोपमा वडा प्रहरी कार्यालय चन्द्रौटाले पक्राउ गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्लाको कृष्णनगर नगरपालिका–११ बस्ने रेखा लोहारलाई जग्गाधनी मुकेश यादवको जग्गाबारे जानकारी नगराई राजनीमा तयार गरेर रकम असुल गरेका थिए । आरोपी कुर्मी चौधरीले पीडित लोहारलाई मालपोत कार्यालय चन्द्रौटामा लगेर जग्गाको मोठ भिडाएको नाटक गरी नक्कली राजीनामा तयार गरेका थिए ।


Advertisment
Nabil box
Kumari

कुर्मी चौधरीले पीडित लोहारलाई जग्गा पास भएको भन्दै दुई दिनमा जग्गाधनी पुर्जा उपलब्ध गराउने बताएका थिए । कार्यालय समय सकिएकाले दुई दिनमा आफैँ पुर्जा लिएर आउने बताएका चौधरीले चार दिन बित्दासमेत पुर्जा नआएपछि आफू ठगिएको अनुभव भएको पीडित लोहारले बताइन् । 

Vianet communication
Laxmi Bank

पीडित लोहारले आफू ठगिएको पता लागेपछि वडा प्रहरी कार्यालय चन्द्रौटामा उजुरी दिएकी थिइन् । उजुरीपछि वडा प्रहरी कार्यालय चन्द्रौटाले चौधरी र यादवलाई पक्राउ गरेको हो । प्रहरीले मालपोत कार्यालय चन्द्रौटालाई पत्र पठाई राजीनामा स्वीकृत गर्ने अधिकारी हस्ताक्षरको वास्तविकता, जग्गाको स्रेस्ताको विवरण झिकाएको थियो । 

जवाफमा मालपोत कार्यालय चन्द्रौटाले मालपोतका अधिकारीको हस्ताक्षर नभएको, उक्त जग्गाको कीर्ते तथा जालसाझी गरी राजीनामा तयार गरिएकाले कानुनी कारबाहीका लागि पत्राचार गरिएको मालपोत कार्यालय चन्द्रौटाका प्रमुख लक्षमण चालिसेले बताए। बिहीबार पक्राउ परेका चौधरी र यादवलाई थप अनुसन्धानका लागि जिल्ला अदालत कपिलवस्तुमा म्याद थपका लागि लगिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x