राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तत्कालीन सांसद ढाकाकुमार श्रेष्ठले सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै दायर गरेको सुनुवाइ हुँदैछ । श्रेष्ठले दायर गरेको रिटको सुनुवाइ आज (सोमवार) न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा हुने भएको हो ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि रास्वपाले कारबाही गरेका श्रेष्ठले आइतवार आफूलाई संसदमा पुनर्वहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट हालेका थिए ।
मन्त्री बन्न घुस लेनदेनको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई रास्वपाले कारबाही गरेको थियो । कारबाहीपछि उनको पद गुमेको थियो ।