०७ साउन २०८३, बिहीबार

टर्कीमा विपक्षी दलका नेतालाई सत्तापक्षका कार्यकर्ताले हाने ढुंगा (भिडियो)

बैशाख २५, २०८०
टर्कीमा विपक्षी दलका नेतालाई सत्तापक्षका कार्यकर्ताले हाने ढुंगा (भिडियो)

टर्कीको प्रमुख विपक्षी दल रिपब्लिकन पिपुल्स पार्टीका नेता एक्रेम इमामोग्लुमाथि विरोधीहरूले ढुंगा प्रहार गरेका छन् । 

इस्तानबुल शहरका मेयर समेत रहेका इमामोग्लुले बहालवाला राष्ट्रपति रेचेप तैयिप एर्दोआनको पकड क्षेत्र एर्जुरुममा चुनावी सभालाई सम्बोधन गर्दै गर्दा ढुंगा प्रहार भएको हो । 

घटनामा नौजना घाइते भएको इमामोग्लुले पछि दाबी गरे । 

टर्कीमा आगामी साता (मे १४) मा राष्ट्रपति तथा संसदीय निर्वाचन हुँदैछ । ओपिनियन पोलहरूमा एर्दोआनले दुई दशकको अवधिमा सबभन्दा ठूलो चुनौती बेहोरिरहेको संकेत पाइन्छ । 

चुनावी सभाहरूमा एर्दोआनले आफ्ना कन्जर्भेटिभ मुसलमान मतदाताहरूलाई कट्टर कुरा गरेर आफ्नो पक्षमा मत मागिरहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्