१९ असार २०८३, शुक्रबार

सम्पत्ति छानबिन माग गर्दै सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा उजुरी

बैशाख २५, २०८०
सम्पत्ति छानबिन माग गर्दै सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा उजुरी

सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सिंहले अकुत सम्पत्ति जम्मा गरेको दाबीसहित उनकै गृहजिल्लाबासी विकाशकुमार ठाकुरले सोमवार अख्तियारमा उजुरी दिएका हुन् । सिंहविरुद्ध अनुसन्धानगरी कारबाही गर्न माग गरिएको निवेदन आयोगले सोमवार नै दर्ता गरेको छ ।

सामान्य परिवारमा जन्मिएका सिंह राजनीतिकबाहेक अन्य पेशा/व्यवसायमा संलग्न नभए पनि अकुत सम्पत्ति आर्जन गरेको निवेदकको दाबी छ । 

निवेदक ठाकुरले आफ्नो दाबीमा बल पुग्ने केही आधार पनि प्रस्तुत गरेका छन् । उनले २०६३ सालमा अन्तरिम संसद्को सदस्य हुनुपूर्व सिंह काठमाडौको कीर्तिपुरमा २ कोठा भाडामा लिई बसोबास शुरू गरेको निवेदनमा उल्लेख गरेका छन् । तर, अहिले ठाउँ ठाउँमा सिंहको अर्बौँको सम्पत्ति रहेको उनको दाबी छ ।

लामो समय नेपाली कांग्रेसको राजनीति गरेका सिंह गत निर्वाचनमा स्वतन्त्र उठेर चुनाव जितेका थिए ।

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्