१० साउन २०८३, आइतबार

श्री एयरलाइन्सका इन्जिनियर निलम्बित, जहाजको उडानमा रोक

बैशाख २५, २०८०
श्री एयरलाइन्सका इन्जिनियर निलम्बित, जहाजको उडानमा रोक

भैरहवाबाट उडेको १० मिनेटमै समस्या आएर अवतरण गरेको श्री एयरलाइन्सको जहाजका मेन्टेनेन्स इन्जिनियर निलम्बनमा परेका छन् ।

सोमवार बिहान भैरहवाबाट उडान गरेको श्री एयरलाइन्सको ९एन एएनई कलसाइनको जहाजमा समस्या देखिएको थियो । 

उक्त समस्या देखिएको विषयमा मेन्टेनेन्स इन्जिनियरलाई जिम्मेवार बनाउँदै जहाजको चेक जाँच गर्ने इन्जिनियरलाई निलम्बन गरिएको हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार श्रीको उक्त जहाजको उडानमा रोक लगाइएको छ भने इन्जिनियरलाई पनि कारवाही गरिएको छ ।

श्री एयरलाइन्सको  यही जहाजमा २ दिन अगाडि धनगढी विमानस्थलबाट उडान गर्ने क्रममा समस्या देखिएको थियो । जहाजमा समस्या देखिएको भन्दै प्राधिकरणले सोमवार भएको घटनाको विषयमा थप अध्ययन गर्न इन्जिनियरलाई रोस्टरबाट हटाएको जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्