१९ असार २०८३, शुक्रबार

संसारभरि महंगीको मार, भारतमा मूल्यवृद्धि नियन्त्रण

बैशाख २५, २०८०
संसारभरि महंगीको मार, भारतमा मूल्यवृद्धि नियन्त्रण

कोभिड महामारी र रुस–युक्रेन युद्धका कारण संसारभरि महंगी बढेको छ । 

विकसित देशमा महंगीले सर्वसाधारणलाई समस्यामा पारिरहेको छ । 

तर भारतमा महंगी नियन्त्रणमा रहेको कन्ज्युमर फूड प्राइस इन्डेक्सले देखाएको छ । उक्त इन्डेक्सका अनुसार, गत मार्च महिनामा महंगी दर ४.७९ प्रतिशत थियो जबकि पोहोर साल मार्चमा त्यो ७.६८ प्रतिशत थियो । 

अमेरिकामा ८.५, बेलायतमा १९.१ र युरोपका कतिपय देशमा १७.५ प्रतिशत महंगी दर छ । 

उता लेबननमा ३५२ प्रतिशत, अर्जेन्टिनामा १५८ प्रतिशत र जिम्बाब्वेमा १०२ प्रतिशत महंगी छ । 

तर महंगी दर एकदमै कम बढेको देशको सूचीमा भारत परेको छ । भारतले गहुँको निर्यातमा प्रतिबन्ध लगाएर अनि रुससँग सस्तो मूल्यमा कच्चा तेल किनेर महंगी नियन्त्रणमा राख्न सकेको हो । त्यस्तै भारतको केन्द्रीय बैंकले रेपो रेट बढाएर पनि महंगीमा नियन्त्रण कायम गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्