
वाटर स्टेवार्डसिपको एउटा हिस्साको रूपमा कोका–कोला बेभरेज नेपालले बालाजु पार्कको बाइसधाराको पुनरुत्थान, वाश प्रणालीका साथै पोखरा र भरतपुरमा रेन वाटर हार्वेस्टिङ तथा र ग्राउन्ड वाटर रिचार्ज परियोजनाहरू ल्याएको छ ।
पानी भण्डारण परियोजनाहरू कोका–कोलाको २०३० जल सुरक्षा रणनीतिप्रतिको बलियो प्रतिबद्धताको समर्थनमा पानीको पुनःपूर्तिको सन्दर्भ–आधारित दृष्टिकोण, स्मार्ट पानीका लागि नीतिहरूको वकालत, र हाम्रा सञ्चालन र आपूर्तिहरूमा जिम्मेवार पानीको प्रयोग मार्फत पानी सुरक्षा बढाउनमा केन्द्रित छन् ।
कोका–कोला बेभरेज नेपालले वाटरएड नेपालको प्राविधिक सहयोगमा सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट (सीआईयूडी)सँग बाइसधारा–बालाजु पार्कमा रहेका सुकेका ढुङ्गे धाराहरूलाई पुन प्रयोगमा ल्याउन मद्धत गर्न ग्राउन्ड वाटर रिचार्ज परियोजनाको लागि साझेदारी गरेको छ ।
परियोजनामा रिचार्ज ट्रेन्च (रेन गार्डेन), २१ वटा रिचार्ज इनार, ढलान संरक्षण र सतह भन्दा मुनि ड्रेनेजको काम समावेश छ ।
परियोजनाले वन र पार्क क्षेत्रबाट वार्षिक ३० हजार के.एल पानी पुनःपूर्ति गर्ने लक्ष्य राखेको छ । जसले शहरी पानीको बढ्दो मागलाई सम्बोधन गर्न मद्दत गर्नेछ ।
यस संयुक्त प्रयासमार्फत परियोजनाले आफ्नो परिधि क्षेत्रहरूको भूजल तालिका कायम राख्न सहयोग पुर्याउन मात्र नभइ द्रुत शहरीकरणका कारण समुदायहरूलाई तीव्र पानीको अभावको सामना गर्न मद्दत गर्न सक्ने पहलहरूका प्रकारहरूको बारेमा समुदाय र स्थानीय अधिकारीहरूलाई सचेत गराउन पनि मद्दत पुर्याउने छ ।
वाटरएड नेपालकी कन्ट्री डाइरेक्टर तृप्ति राईले सबैका लागि खानेपानी र सरसफाइको उपलब्धता र दिगो व्यवस्थापन सुनिश्चित गर्ने दिगो विकासको लक्ष्य ६ को प्रतिबद्धता र लक्ष्यहरू पूरा गर्ने प्रगतिलाई गति दिन साझेदारी र सहकार्य आवश्यक छ ।
आविष्कारहरू र महत्वपूर्ण पहलहरू जस्तै कोका–कोला प्रणालीद्वारा वाटर स्टेवार्डसिपलाई ड्राइभ गर्ने उनको भनाइ थियो ।
सीआईयूडीका कार्यकारी निर्देशक सुदर्शन राजभण्डारीले सीआईयूडीको मिसन नेपालमा जीवन्त, उत्पादनशील, सहभागितामूलक र दिगो शहरहरू स्थापना गर्न अत्याधुनिक विधि र प्रविधिहरूको प्रवर्द्धन र सहजीकरण गर्नु नै भएको बताए ।
समुदायहरूले आगामी धेरै वर्षसम्म लाभान्वित हुने क्षेत्रहरूमा पानीको समस्याका समाधानहरू कार्यान्वयन गर्नका लागि कोका–कोला बेभरेज नेपालसँग साझेदारी गर्न पाएकाेमा आभार व्यक्त गरे ।
कोका–कोला बेभरेज नेपालका प्रबन्ध निर्देशक जी. दीपक सेन्थिलनाथले परियोजनाले जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित भएका समुदायहरू विशेष गरी महिलाहरूलाई सशक्तिकरण गर्ने, विद्यार्थीहरूको लागि सुरक्षित पिउने पानीको पहुँच बढाउने र सबैको जीविकोपार्जनमा सुधार गर्ने सन्दर्भमा सामुदायिक दृढतालाई वृद्धि गर्ने बताए ।
‘हामी हाम्रा सबै दिगोपन साझेदारहरूसँग नेपालका हाम्रा समुदायहरूका लागि सहकार्य गर्न पाउँदा गर्व गर्छौं’ उनले भने ।