जेठ १६, २०८०
तेस्रोपटक प्रधानमन्त्री भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलिदेखि भारतको औपचारिक भ्रमण गर्दैछन् । प्रधानमन्त्री भएको ५ महिनापछि प्रचण्ड भारतको चार दिने भ्रमणमा जान लागेका हुन् । संसद्लाई जानकारी ...
बैशाख २५, २०८०
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै गरिएको संगठित ठगीविरुद्ध प्रहरीले शुरू गरेको अनुसन्धानले राजनीतिक दलभित्र भूकम्प नै ल्याइदिएको छ ।
तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई पक्राउ परेसँगै आक्रामक ढंगले अगाडि बढेको अनुसन्धानमा पछिल्लो समय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवा समेत जोडिन पुगेकी छन् ।
गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे पक्राउ परेसँगै गृहजिल्लाका सांसद टोपबहादुर रायमाझी तानिए ।
नेकपा एमालेका सचिव एवं बहालवाला सांसद टोपबहादुर रायमाझी अहिले ‘फरार’ छन् ।
रायमाझी पक्राउ नपर्दै राजनीतिक दलका उच्च नेताबारे गाइँगुइँ चल्न थाल्यो । पक्राउ परेका अभियुक्तले पूर्वगृहमन्त्री बालकृष्ण खाँण दम्पती र आरजुको नाम लिएको कुरा बाहिर छ्याप्छ्याप्ती आइरहेका छन् ।
शरणार्थी प्रकरणमा आफ्नो नाम मुछिएपछि आरजुले आइतवार प्रतिनिधिसभा बैठकमा केही स्पष्टीकरण दिन खोजिन् ।
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका व्यक्तिले प्रहरीसँगको बयानमा मञ्जु खाँण हुँदै आरजुसम्मको नाम लिएको समाचार बाहिर आएपछि उनले संसद्बाट स्पष्टीकरण दिने कोशिश गरेकी हुन् ।
‘भ्रष्टाचारको कुरामा हामी साँच्चिकै कति सिरियस छौं भन्ने मेरो ठूलो प्रश्न छ । म नभएको दिनमा मेरो नामलाई इंगित गरेर अनेकथरी प्रश्न उठेको छ । आज पनि उठेको पाएको छु, एउटा नारीले आफ्नो हैसियतमा राजनीति गरेको यो देशमा सह्य हुने रहेन छ । एउटा टर्म्स छ– मिसोजिनी । पुरुषले भनेको ठाउँमा मात्र नारी बस्नुपर्ने, उनीहरूले बोलेको भाष्य मात्र बोल्नु पर्ने, उनीहरूले भनेको मात्र हामीले एक्सरसाइज गर्नुपर्ने, त्यो भन्दा अलिकति आफ्नो पब्लिक लाइफमा आयो भने पुरुषहरूलाई त्यो असह्य हुने । यो परिस्थिति यहाँ बनेको छ । नेपालमा मात्र होइन अन्तर्राष्ट्रिय रूपमा पनि छ । त्यसको विरोधमा हो हामीले संविधान लेखेको । यसका लागि जसले जति क्रिटिसाइज गरे पनि मैले केही बिराएको छैन, म डराउँदिनँ । दोस्रो कुरा, मेरो श्रीमान् आजसम्म ५ पटक प्रधानमन्त्री भइसक्नुभएको छ । हाम्रो सम्पत्ति विवरण नेपाल सरकारसँग सुरक्षित छ । म एउटा अनुरोध गर्न चाहन्छु, हामी सबै सांसदको सम्पत्ति विवरण प्रकाशित होस् । जनताले देखोस्, कसको बढ्यो, कसको घट्यो, के स्रोत हो ?’ आरजुले आइतवार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा भनेकी थिइन् ।
तर, उनको कुरा पत्याउन समाज तयार देखिएको छैन । कुनै महिलाले आफ्नो हैसियतमा राजनीति गरेको नेपाली समाजले नपत्याएको होइन । तर, आरजुले आफ्नै हैसियतमा राजनीति गरेकी हुन् भन्ने कुराचाहिँ समाजले नपत्याएको हो । कम्तीमा संस्थापन पक्षको पेलानमा परेका कांग्रेसका महिला नेत्रीको कुरा सुन्दा पनि यो कुरा थाहा हुन्छ ।
कांग्रेसलाई भोट दिएमा ‘मलेसियाका लागि फ्री भिसा र फ्री टिकट’ दिनेदेखि कांग्रेसले नजितेका पालिकालाई बजेट नदिने उनको अभिव्यक्तिले राजनीतिक चेतनास्तर बताउँछ ।
कमिसनमा आरजु–मञ्जुको जोडी
आर्थिक अनुशासनमा आरजुको नाम जोडिएको यो घटना पहिलो होइन । मुलुकमा पछिल्लो समय भएका ठूला ठेक्कापट्टा र कारोबारमा उनको नाम जोडिन थालेको छ । आरोप लाग्दैमा कोही दोषी हुँदैन, यदि उनी निर्दोष हुन् भने आरोप लगाउनेमाथि कारवाही हुनुपर्छ ।
आरजुको विषयमा समाजमा मात्र होइन, मिडिया र संसदमा समेत बहस भइरहेका छन् ।
आइतवार राष्ट्रियसभा बैठकमा एमालेका देवेन्द्र दाहालले नक्कली शरणार्थी प्रकरणमा आरजुले अढाइ करोड र मञ्जु खाँणले ६ करोड बुझेको भन्ने अडियो बाहिर आएको भन्दै यो विषयलाई संसदमा रेकर्ड गराए ।
कांग्रेस पृष्ठभूमिका स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले आरजुलाई ‘गणतन्त्रकी पम्फादेवी’ भनेर विम्ब दिएका छन् । यतिमात्र होइन, देउवाले श्रीमती, विदेशी र ज्योतिषीबाहेकको कुरा नसुन्ने भनेर उनले दिएको अभिव्यक्तिले पनि बजार पिटेको छ ।
बुढ्यौली र स्मरण शक्ति घटेका कारण देउवाको सट्टा आरजुले ‘डिल गर्ने’ गरेको आरोप लाग्ने गरेको थियो ।
पछिल्लोपटक देउवा प्रधानमन्त्री रहेको समयमा आरजु ‘डिफ्याक्टो’ प्रधानमन्त्री बनेको भनेर चर्को आलोचना भयो ।
कुनै एक सांसदमाथि सोही सदनको अर्को सांसदले नैतिक आचरणमा प्रश्न उठाउँछ भने समाजले त्यसलाई गम्भीर रूपले अवश्य हेर्छ । सांसद प्रेम सुवालले त आइतवार बैठकमै ‘शैक्षिक माफियाको जेठी दिदी’ भनेर कटाक्ष गरे ।
आरजुले सञ्चालन गरेको युलेन्स स्कूलले लिइरहेको अकुत फीबारे पनि अहिले बहस भइरहेको छ ।
व्यापार व्यवसायका पनि निश्चित मर्यादा र सीमा हुन्छन् । कक्षा १ मा पढ्ने विद्यार्थीसँग मासिक ६५ हजार रुपैयाँ असुलेपछि त्यो स्कूलमा पढाउन कर्मचारीले भ्रष्टाचार नगरेर के गर्छ ? नेताले नक्कली शरणार्थी बनाउने धन्दा बाहेक के गर्छन् ?
यो बेग्लै बहसको विषय बन्यो । केही कुत खाएका सरकारी कर्मचारी या सरोकारवाला निकाय आरजु म्यामले गरिरहेको कालोबजारीबारे अन्देखा गरेर बसिरहेका छन् ।
शैक्षिक आवरणमा भइरहेको लुटको पर्दाफास एकदिन पक्कै हुनेछ ।
आरजु–मञ्जुको जोडीको कृत्य प्रहरी प्रशासनका कर्मचारीहरू धेरै बताउँछन् ।
बालकृष्ण खाँण गृहमन्त्री रहेको समयमा सामान्य हवल्दारसम्मबाट रकम असुलेको आरोप लाग्ने गरेको थियो ।
प्रहरी सरुवामा श्रेणी हेरी करोडदेखि हजारसम्म असुली गरिएको गुनासो प्रहरीका तल्लो तहका कर्मचारीबाट सुन्न पाइन्थ्यो ।
आरजुका क्रियाकलापबाट आजित स्वर्णिम वाग्लेले कांग्रेस छाड्ने बेला ‘देउवा–आरजु गिरोह’को नाम लिएका थिए । अहिले कांग्रेसभित्र ‘गिरोह’ विम्ब सदाबहार बन्न लागेको छ ।
कांग्रेसभित्र चलिरहेको काण्डप्रति लक्षित गर्दै महामन्त्री गगन थापाले आइतवार एउटा स्टाटस लेखेका थिए, अब अति भयो सहन्नँ ।
गत पुस ९ गते कांग्रेस संसदीय दलको निर्वाचनमा आरजु–मञ्जुले सांसदलाई देउवाको पक्षमा भोट हालेको प्रमाण फोटो खिचेर ल्याउन लगाएको विषय बाहिर आयो । एउटा लोकतान्त्रिक दलका लागि त्यो लज्जाको विषय थियो ।
कांग्रेसभित्र आरजुको भूमिकालाई लिएर छटपटी र उकुसमुकस छ । ‘कुनै बेला बाबु गिरिजाप्रसाद कोइरालाको आडमा सुजाताले यस्तै धन्दा चलाएकी थिइन्, जसले कांग्रेसलाई भ्रष्ट पार्टी भन्ने बिल्ला लाग्न पुग्यो,’ नेपाली कांग्रेसका एक पूर्व केन्द्रीय सदस्यले लोकान्तरसँग भने, ‘यसपटक आरजुको भूमिका सुजातासँग समेत तुलनायोग्य रहेन ।’
लेनदेनमा टुंगिएला नक्कली शरणार्थी प्रकरण ?
शरणार्थी प्रकरणमा आरजु देउवाको नाम जोडिएपछि यो घटनालाई सामसुम पार्ने षड्यन्त्र भइरहेको कुरा चर्चा छ । शरणार्थी प्रकरणलाई धेरै तन्काउन खोजेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढल्नेसम्मका टीकाटिप्पणी सुनिन्छन् ।
नक्कली शरणार्थी प्रकरण बाहिर आएपछि प्रमुख दलका नेताहरूको भेटवार्ता बाक्लो भइरहेको छ । सरकारलाई दिएको समर्थन फिर्ता गरेर संसदमा प्रतिपक्षी बेञ्चमा बसेको रास्वपाका सभापति रवि लामिछानेले सोमवार त्यस्तै आशंका गरे ।
‘अहिले भएको नक्कली शरणार्थीसम्बन्धी भ्रष्टाचार काण्डमा ताप्केको बिँड तात्यो, तात्दैतात्दै गरेको ताप्के सेलाएको छ । सिंगो अन्तर्राष्ट्रिय समुदायले हेरेको छ । दोषी कोही नउम्कियोस् । मिलीजुली एकअर्कालाई जोगाउने काम नहोस् । यसलाई हामी अत्यन्त नजिकबाट हेरिरहेका छौं,’ लामिछानेले भने ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले खुट्टा नटेकेको भए शरणार्थी प्रकरणको फाइल खुल्ने थिएन ।
यो प्रकरणलाई अगाडि नबढाउन गृहमन्त्रीले व्यहोरिरहेको राजनीतिक दबाब बाहिरबाटै अनुमान गर्न सकिने खालको छ । संसदमा यदाकदा उठिरहेको लडाकू शिविरको काण्ड र शरणार्थी काण्डलाई ‘लेनदेन’मा टुंग्याउने प्रपञ्च नभएका होइनन् ।
तर, यो प्रकरणलाई शरणार्थीको पुनःस्थापना गर्ने मुलुक अमेरिका तथा शरणार्थीसम्बन्धी मानवअधिकारसम्बन्धी उच्च आयोग (युएनएचसीआर)ले छानबिन गर्न दबाब दिएकाले सामसुम पार्न त्यति सहज छैन ।
अमेरिकाले कूटनीतिक भाषामा नक्कली शरणार्थी प्रकरणको गहिरो छानबिन नगरिए नेपालको अन्तर्राष्ट्रिय छवि झन् विवादित हुने चेतावनी दिइरहेको गृह प्रशासन स्रोत बताउँछ ।
नक्कली शरणार्थी काण्डमा सत्तारुढ दलका नेता तानिने भएपछि प्रहरी अनुसन्धानमा हस्तक्षेप हुने आशंका गर्दै संसदमा उच्चस्तरीय छानबिन समिति गठनको माग भएको छ, स्वयं सत्तारुढ दलको तर्फबाट ।
सरकारको नेतृत्व यसका लागि इच्छुक नरहे पनि संसदमा रास्वपा र राप्रपाका ३५ सांसदले यसलाई चर्काउने संकेत दिइसकेकाले नक्कली शरणार्थी प्रकरणको ढाकछोप त्यति सहज भने छैन ।
तेस्रोपटक प्रधानमन्त्री भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलिदेखि भारतको औपचारिक भ्रमण गर्दैछन् । प्रधानमन्त्री भएको ५ महिनापछि प्रचण्ड भारतको चार दिने भ्रमणमा जान लागेका हुन् । संसद्लाई जानकारी ...
झण्डै एक महिनादेखि देशको ध्यान खिचिरहेको नक्कली शरणार्थी प्रकरणको पहिलो अध्यायस्वरूप ३० जनाविरुद्ध बुधवार जिल्ला अदालतमा मुद्दा दायर भएको छ । पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्...
अमेरिकाका अग्रणी कूटनीतिकर्मी हेनरी किसिन्जर शनिवार (२७ मे) मा १०० वर्ष पुगेका छन् । कूटनीति तथा अन्तर्राष्ट्रिय राजनीतिको क्षेत्रमा किसिन्जरलाई भीष्मपितामहका रूपमा लिइन्छ । दोस्रो विश्वयुद्धपछिको अमेरिकी ...
चौतर्फी आलोचनाका बीच अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसद विकास कोषलाई ब्युँताएर प्रत्यक्ष निर्वाचित सांसदलाई जनही ५ करोड बजेट छुट्याए । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्रतिनिधिसभाक...
रुसको निजी सैन्य समूह वाग्नरले पूर्वी युक्रेनको बाखमुत (आर्त्योमोव्स्क) शहरमाथि पूर्ण नियन्त्रण कायम गरेको भए पनि पश्चिमाहरू युक्रेनको प्रत्याक्रमण कारवाही सफल हुने दाबी गरिरहेका छन् । त्यसो त विगत केही महि...
भारतको नयाँ संसद् भवनमा राखिएको राजदण्ड सेन्गोलका विषयमा विभिन्न बहसहरू भइरहेका छन् । सेन्गोल र यसको इतिहासका बारेमा संक्षिप्त चर्चा गरौं । सेन्गोल तमिल शब्द सेम्मईबाट बन्छ । त्यसको अर्थ धर्मपरायणता हु...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...