२८ असार २०८३, आइतबार

ढाकाकुमारको ठाउँमा सांसद बनिन् विन्दाबासिनी कसांकार

बैशाख २५, २०८०
ढाकाकुमारको ठाउँमा सांसद बनिन् विन्दाबासिनी कसांकार

निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद विन्दाबासिनी कसांकारलाई सांसदको प्रमाणपत्र प्रदान गरेको छ । 

आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार वैशाख २१ गतेको आयोगको निर्णयअनुसार उनलाई प्रतिनिधिसभा सदस्यको प्रमाणपत्र प्रदान गरिएको हो ।

कसांकारले आइतवार निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीबाट प्रमाणपत्र बुझेकी आयोगले जनाएको छ ।

रास्वपाले सांसद रहेका ढाकाकुमार श्रेष्ठलाई कारवाही गरेर कसांकारलाई सांसद बनाउने निर्णय गरेको थियो ।

मन्त्री बन्नका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग साढे २ करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको थियो ।

सर्वोच्च अदालतले सोमवार ढाकाकुमार श्रेष्ठलाई सांसदबाट हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

तर आयोगको यसअघिको निर्णयअनुसार आइतवार नै उनले प्रमाणपत्र प्राप्त गरिसकेकी आयोगले जनाएको छ । साथै विन्दाबासिनी कसांकारको नेपाली नागरिकतामा कंसाकार नभएर कसांकार भएको सोहीअनुसारको विवरण उल्लेख गरिएको आयोगले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्