१८ असार २०८३, बिहीबार

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुरू

बैशाख २५, २०८०
रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुरू

नेपाली सेनाले रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुरू गरेको छ ।

रक्षा सम्बद्ध सञ्चारकर्मीहरूलाई नेपाली सेनाको सांगठनिक स्वरूप, कार्यसञ्चालन प्रक्रियालगायतका विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो । श्री ९ नम्बर बाहिनी अड्‍डामा रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रममा कार्यक्रममा २० जना संचारकर्मीहरूको सहभागिता रहेको नेपाली सेनाले जनाएको छ ।

मध्य पूर्वी पृतना हे.क्वाको समन्वयमा आयोजित कार्यक्रमका सहभागीहरूलाई श्री ९ नम्बर बाहिनीपति सहायक रथी शक्तिजंग बस्नेतले स्वागत गरेका थिए ।

जनसम्पर्क तथा सूचना निर्देशक सहायक रथी कृष्णप्रसाद भण्डारीले कार्यक्रमको उद्देश्य र महत्वका बारेमा जानकारी गराएका थिए ।

यस्तै, कार्यक्रममा रक्षा मन्त्रालयका प्रतिनिधि उप–सचिव रामेश्वर पोखरले तथा अधिकृतहरूको उपस्थिति रहेको थियो । 

अभिमुखीकरण कार्यक्रममा नेपाली सेनाका विभिन्न निकायहरूको काम, कर्तव्य र जिम्मेवारीहरूको बारेमा प्रस्तुतीकरण तथा अन्तरक्रियासहितको जानकारीमूलक कार्यक्रम सञ्चालन गरिने छ ।
यस्तै, सहभागीहरूले सिन्धुलीगढी युद्ध संग्रहालयलगायतको भ्रमण गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्