
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत सोमवार राति भएको खेलमा पञ्जाब किंग्सलाई ५ विकेटले हराउँदै कोलकाता नाइट राइडर्सले जितेको छ ।
कोलकाताको जीतमा कप्तान नीतीश राणाको अर्धशतक तथा आन्द्रे रसेल र रिङ्कु सिंहको ब्याटिङले योगदान गर्यो ।
शुरूआती ब्याटिङ गरेको पञ्जाबले कोलकातासामु १८० रनको लक्ष्य राखेको थियो । जवाफी ब्याटिङ गर्दै कोलकाताले अन्तिम बलमा रिङ्कुको चौकाका मद्दतले जीत हात पार्यो । उनले १० बलमा २१ रन बनाएका थिए ।