०२ साउन २०८३, शनिबार

सर्वोच्चको आदेशपछि ढाकाकुमारले भने–सत्य शाश्वत छ, बोलिरहनु पर्दैन

बैशाख २६, २०८०
सर्वोच्चको आदेशपछि ढाकाकुमारले भने–सत्य शाश्वत छ, बोलिरहनु पर्दैन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कारबाहीमा परेका सांसद ढाकाकुमार श्रेष्ठले सत्य शाश्वत हुने भन्दै त्यसमा बोलिरहनु नपर्ने बताएका छन् । सर्वोच्च अदालतले सांसद पद खारेज गर्ने रास्वपाको निर्णयमाथि सोमबार अल्पकालीन अन्तरिम आदेश गरेसँगै श्रेष्ठले असत्यले केही समय भ्रम छरे पनि बिस्तारै सत्यले त्यो भ्रम तोड्ने बताएका छन् । 

फोहोरी राजनीतिलाई सफा गरौँ भन्ने संकल्पले रास्वपासँग जोडिएपनि आफूमाथि षडयन्त्र भएको उनको भनाइ छ । जसको कोही हुँदैन उसको साथमा भगवान हुन्छन् भन्ने सन्देश अदालतको आदेशले दिएको श्रेष्ठले सामाजिक सञ्जालमार्फत बताएका छन् । 

‘विषम परिस्थितिमा गाह्रो अवस्थामा संयममा ,धैर्यता र विवेक प्रयोग गर्नु पर्छ। खाएको विष लाग्छ,  जवरजस्ती कसैको शरीरमा हिलो छ्याप्दैमा केही समय त लाग्ला कि यो मान्छे फोहोरी हो भन्ने ।  तर समय र परिस्थितिसँगै सबै कुरा छर्लङ्ग दूधको दूध पानीको पानी छुट्टिहाल्छ, श्रेष्ठले भनेका छन् । 

मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग आर्थिक बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि रास्वपाले उनलाई सांसद पदबाट हटाएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्