१० साउन २०८३, आइतबार

शरणार्थी प्रकरणमा माधव नेपालका स्वकीयको आक्रोश- दुनिया लजाउने बैठक बन्द गर

बैशाख २६, २०८०
शरणार्थी प्रकरणमा माधव नेपालका स्वकीयको आक्रोश- दुनिया लजाउने बैठक बन्द गर

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका स्वकीय सचिव मोहन गौतमले शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गर्न माग गरेका छन् । गौतमले दुनिया लजाउने बैठक बन्द गरेर निष्पक्ष छानबिन गर्न माग गरेका हुन् । 

केही नेता र उनीहरूको हितको लागि राज्य संयन्त्रहरूको गलत प्रयोग हुँदा यसले निम्त्याउने विद्रोहको परिणाम कल्पना बाहिरको हुने उनको ठहर छ । 'केही नेता र उनीहरूको हितको लागि राज्य संयन्त्रहरूको गलत प्रयोग भयो भने यसले निम्त्याउने विद्रोहको परिणाम कल्पना बाहिरको हुनेछ, 'शरणार्थी प्रकरणतर्फ इङ्गित गर्दै मंगलवार उनले फेसबुकमा लेखेका छन्, 'अतः दुनिया नै लजाउने बैठक बन्द गर र निष्पक्ष छानबिन गर ।' 

मंगलवार प्रमुख दलका शीर्ष तीन नेता प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरूबीच गत आइतवार पनि बालुवाटारमै भेटवार्ता भएको थियो ।

भेटमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपाललाई बोलाइएको थिएन ।

भेटवार्ताको विषय खुलाइएको छैन । नक्कली भुटानी शरणार्थी प्रकरणले राजनीति तरंगित भइरहेका बेला उनीहरूको भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । शरणार्थी प्रकरणमा कांग्रेस-एमालेका नेताहरू समेत मुछिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्