२३ असार २०८३, मंगलबार

अर्जेन्टिनालाई विश्वकप जिताएका मेसीले पाए लौरियस पुरस्कार

बैशाख २६, २०८०
अर्जेन्टिनालाई विश्वकप जिताएका मेसीले पाए लौरियस पुरस्कार

फूटबल सुपरस्टार लियोनल मेसीलाई वर्षका उत्कृष्ट खेलाडीका रूपमा लौरियस पुरस्कार प्रदान गरिएको छ ।

पेरिसमा सोमवार आयोजित समारोहमा मेसीले यो पुरस्कार पाएका हुन् । अर्जेन्टिनालाई विश्वकप जिताउनका लागि निर्णायक योगदान गरेकाले मेसीलाई पुरस्कार दिइएको हो । 

पुरस्कार ग्रहण गरेपछि मेसीले भने, ‘यो विशिष्ट सम्मान हो किनकि पेरिसमा यसको आयोजना गरिएको छ । सन् २०२१ मा म पेरिस आएदेखि यस शहरले म र मेरो परिवारलाई न्यानो स्वागत गरेको छ ।’

‘म आफ्नै सबै साथी खेलाडीहरूलाई धन्यवाद दिन्छु । राष्ट्रिय टोलीको मात्र नभई पीएसजीका साथीप्रति पनि म आभार प्रकट गर्छु । मैले यी सबै उपलब्धि एक्लैले हासिल गरेको हैन । साथीहरूसँग सबै कुरा साझा गर्न पाउँदा म कृतज्ञ छु ।’

महिलातर्फ जमैकाकी धाविका शेली–यान फ्रेजर–प्राइसले लौरियस पुरस्कार पाएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्