२८ असार २०८३, आइतबार

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान परे पक्राउ

बैशाख २६, २०८०
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान परे पक्राउ

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई मंगलवार इस्लामाबाद उच्च अदालत परिसरमा पक्राउ गरिएको छ । 

आफूविरुद्धको मुद्दाको सुनुवाइमा पुगेका खानलाई सेनाका रेन्जरहरूले पक्राउ गरी हिरासतमा लिएका छन् । 

खानको पाकिस्तान तहरीक-ए-इन्साफ दलका वकिल फैसल चौधरीले घटनाको पुष्टि गरेका छन् । 

त्यही दलका उपाध्यक्ष फवाद चौधरीले उच्च अदालतलाई रेन्जरहरूले नियन्त्रणमा लिएको र वकिलहरूलाई यातना दिएको आरोप लगाएका छन् । 

अदालत परिसरबाट खानलाई समातेर अज्ञात स्थानतर्फ लगिएको पनि उनले बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्