२४ असार २०८३, बुधबार

एमाले सचिवालय बैठक जारी

बैशाख २६, २०८०
एमाले सचिवालय बैठक जारी

नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा आफ्ना सचिव टोपबहादुर रायमाझी मुछिएको सहितका विषयमा छलफल गर्न एमालेको सचिवालय बैठक जारी रहेको छ ।

बैठकले समसामयिक विषयसहित बिहीवारदेखि बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने बताइएको छ ।

एमालेमाथि रायमाझीलाई निलम्बन गर्न ठूलो दबाब पार्टीभित्रैबाट परेको छ ।

सचिवालयले सिफारिस गरेर केन्द्रीय कमिटीबाट उनलाई निलम्बन गर्ने तयारी भएको एमाले स्रोत बताउँछ । एमालेले नै लुकाएको आरोपलाई चिर्न र शरणार्थी प्रकरणमा कांग्रेस नेतामाथि अनुसन्धानलाई बलियो बनाउन पनि रायमाझीलाई निलम्बन गर्न दबाब परेको हो ।

salt training

कमेन्ट गर्नुहोस्