
नेकपा एमालेका सांसद बासुदेव घिमिरे गाँजाको खेतीलाई वैधानिकता दिन माग गरेका छन् ।
प्रतिनिधिसभाको मंगलवारको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलका क्रममा उनले गाँजाको खेती र व्यवसायलाई वैधानिक बनाउनका लागि माग गरेका हुन् ।
‘विदेशी मदिराको आयातमा रोक लगाएर स्थानीय मदिरालाई ब्रान्डिङ गरेर विदेशी बजारमा पुर्याउनु पर्छ’ उनले भने ।
विश्वका कतिपय मुलुकले अभ्यास थालिसकेको गाँजा खेतीलाई नेपालमा पनि वैधानिकता दिनुपर्ने उनको माग थियो ।