१९ असार २०८३, शुक्रबार

टोपबहादुर रायमाझीको अनुसन्धानको प्रक्रियालाई एमालेले सघाउँछ : उपमहासचिव गुरुङ

बैशाख २६, २०८०
टोपबहादुर रायमाझीको अनुसन्धानको प्रक्रियालाई एमालेले सघाउँछ : उपमहासचिव गुरुङ

नेकपा एमालेले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीको विषयमा केन्द्रीय कमिटी बैठकमा विशेष छलफल गर्ने भएको छ ।

बिहीवारदेखि बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न आज बसेको सचिवालय बैठकपछि एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले एमाले विधिको शासन मान्ने पार्टी भएकाले अनुसन्धानमा घसाउने जानकारी दिए ।

केन्द्रीय कमिटी बैठकको एजेन्डाबारे जानकारी दिँदै उनले सचिव रायमाझीको विषयमा पार्टीले तत्काल कुनै निर्णय नगर्ने बताए । ‘कमरेड टोपबहादुर रायमाझीले जुन अनुसन्धानको सन्दर्भमा उहाँको नाम आएको छ । कानून र विधिको शासन मान्ने पार्टी भएको हुनाले विधिपूर्वक कानून पूर्वक अनुसन्धान गर्ने प्रक्रियालाई सघाउनुपर्ने हाम्रो निर्णय छ’ उपमहासचिव गुरुङले भने ।

salt training

कमेन्ट गर्नुहोस्