१४ असार २०८३, आइतबार

एमाले केन्द्रीय कमिटी बैठकमा छलफलका लागि १० एजेन्डा

बैशाख २६, २०८०
एमाले केन्द्रीय कमिटी बैठकमा छलफलका लागि १० एजेन्डा

नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकमा छलफलका लागि १० वटा एजेन्डा तय गरेको छ ।

मंगलवार बसेको सचिवालय बैठकले बिहीवारदेखि शुरु हुने केन्द्रीय कमिटी बैठकमा छलफलका लागि १० वटा एजेन्डा तय गरेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए । 

उनका अनुसार केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ । साथै चौथो केन्द्रीय कमिटी बैठक यताका विभिन्न निर्णयहरू अनुमोदन गरिने छ ।

यस्तै, बैठकमा केन्द्रीय आयोगका प्रमुखहरूको प्रतिवेदन प्रस्तुत, मिसन ग्रासरुटको समीक्षा, प्रदेश कमिटीको वार्षिक कार्ययोजना, स्थायी कमिटीको बैठक र वार्षिक कार्ययोजना, कार्य विभाजन, पार्टी प्रवेशीको व्यवस्थापन र समसामयिक विषयमा छलफल हुनेछ ।

null

salt training

कमेन्ट गर्नुहोस्