०८ साउन २०८३, शुक्रबार
यौन दुर्व्यवहार

यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर

पीडितलाई ५० लाख डलर क्षतिपूर्ति दिन आदेश
बैशाख २७, २०८०
यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर
फाइल तस्बिर

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहारसम्बन्धी एक मुद्दामा दोषी ठहरिएका छन् । उनलाई न्युयोर्कको सिभिल कोर्टले यौन दुर्व्यवहारमा दोषी  गरेको बीबीसीले जनाएको छ । 

एक म्यागेजिनकी लेखिका ई जीन क्यारोलले ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको र आफ्नो मानहानी समेत गरेको आरोप लगाएकी थिइन् । सोही मुद्दामा ट्रम्पलाई दोषी ठहर्‍याएको बीबीसीले जनाएको छ । 

अबको राष्ट्रपतीय निर्वाचनमा ट्रम्पलाई यो फैसलाले ठूलो धक्का पुगेको आँकलन गरिएको छ । ट्रम्पले अमेरिकी राष्ट्रपति चुनावमा सन् २०२४ को लागि पार्टीको उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्