२५ असार २०८३, बिहीबार
नक्कली शरणार्थी प्रकरण

पूर्वगृहमन्त्री बालकृष्ण खाँणका निजी सचिव नरेन्द्र केसी पनि पक्राउ

बैशाख २७, २०८०
पूर्वगृहमन्त्री बालकृष्ण खाँणका निजी सचिव नरेन्द्र केसी पनि पक्राउ

पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणका निजी सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । उनलाई बुधवार बिहान खाँणसँगै पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले लोकान्तरलाई जानकारी दिए ।

खाँणलाई आजै बिहान उनकै निवासबाट पक्राउ गरिएको थियो । भुटानी शरणार्थी प्रकरणमा  अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

ठगी प्रकरणमा खाँण पत्नी मञ्जु र कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले पैसा बुझेको दाबी गरिएको अडियोसमेत सार्वजनिक भएको छ । मञ्जुले ६ करोड र आरजुले २ करोड लिएको दाबी अडियोमा गरिएको छ । 

प्रकरणलाई सहज बनाउन खाँणले टेकनारायण पाण्डेलाई गृह सचिवमा ल्याएका थिए । उपराष्ट्रपति कार्यालयको बहालवाला सचिव रहेकै बेला पाण्डेलाई प्रहरीले एक हप्ता नै अघि पक्राउ गरिसकेको छ ।

यसमा जोडिएका तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्र राई पनि पक्राउ परेका छन् ।

प्रकणमा मुछिएका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी भने फरार छन् । गत बुधवार पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्