
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई 'जरुरी पुर्जी' थमाएर पक्राउ गरिएको प्रहरीले जनाएको छ । भाग्नसक्ने आशंकामा प्रहरीले नै जारी गर्ने जरुरी पुर्जी थमाएर उनलाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो ।
प्रहरी स्रोतका अनुसार पक्राउ पुर्जी जारी गर्दा त्यो कुरा बाहिरिन सक्ने र खाँण भाग्न सक्ने आशंकामा प्रहरीले जरूरी पुर्जी दिएर गरेको हो ।
नक्कली शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई बुधवार बिहान उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो । उनीसँगै उनका निजी सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् ।
यसअघि पक्राउ पुर्जी भएको खबर सञ्चार माध्यममा आएपछि एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी फरार भएका थिए । उनी हालसम्म सम्पर्कमा आएका छैनन् ।