२४ जेठ २०८३, आइतबार

नेक्सन इभी म्याक्स अब नेपाली बजारमा

बैशाख २७, २०८०
नेक्सन इभी म्याक्स अब नेपाली बजारमा

टाटा मोटर्सले ‘नेक्सन इभी म्याक्स’को बिक्री वितरण शुरू गरेको छ । यातायात क्षेत्रको द्रुत विद्युतीकरण गर्ने आफ्नो प्रतिबद्धता अनुरूप टाटाले बुधवारबाट नेपालमा म्याक्सको बिक्री वितरण शुरू गरेको हो ।

कम्पनीको सर्वोत्कृष्ट ढंगले बिक्री भइरहेको नेक्सन इभीको विस्तारित स्वरूप यो नयाँ गाडी ७.२ किलोवाट चार्जिङको व्यवस्थासहित ४६ लाख ४९ हजार रूपैयाँको आकर्षक मूल्यमा उपलब्ध गराएको छ ।

उत्कृष्ट एवं  दिगो ‘मोबिलिटी’मा विश्वास राख्ने ग्राहकहरूलाई लक्षित गर्दै नेक्सन इभी म्याक्सले देशको समग्र विद्युतीय सवारी साधनको बजारलाई नयाँ उचाइ पुर्‍याउने कम्पनीको विश्वास छ । 

उच्च भोल्टेजको उच्चतम जिपट्रन प्रविधियुक्त यो विद्युतीय गाडी इन्टेन–टिल, डेटना र प्रिसटिन गरी तीन वटा आकर्षक रङ्गहरूमा उपलब्ध छ । त्यसैगरी, स्ट्यान्डर्ड रङ्गको रुपमा डुएल टन बडी पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
४०.५ किलोवाट–प्रति घण्टा क्षमता भएको लिथिएम ब्याट्री प्याक जडित नेक्सन इभी म्याक्सको ब्याट्रीको क्षमता अन्य ब्याट्रीहरू भन्दा ३३ प्रतिशतले बढी छ । यस कारणले यो गाडीले विना कुनै झन्झट एआरएआईद्वारा प्रमाणित ४५३ किलोमिटर लामो रेञ्जको प्रत्याभूति गर्दछ । 

यसले १०० किलोवाट बराबरको शक्तिको अतिरिक्त पेडल थिच्ने बित्तिकै २५० एनएम बराबरको टर्क पैदा गर्छ । यस गाडीमा प्रयोग हुने ७.२ किलोवाटको एसी फास्ट चार्जर घर वा कार्यालयमा जडान गर्न सकिन्छ । 

जसले ६.५ घण्टाको छोटो अवधिमा नै चार्जिङ्ग कार्य सम्पन्न गर्दछ । नेक्सन इभी म्याक्सको ब्याट्री कुनै पनि ५० किलोवाटको डिसी फास्ट चार्जरको माध्यमबाट केवल ५६ मिनेटमा ० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ जुन आफैंमा अभूतपूर्व छ ।

‘नेपाली ग्राहकहरूले अत्याधिक रुचाएका नेक्सन र टिगोर मोडेलका इभीहरूको साथ टाटाले विगत केही समयदेखि नेपालको विद्युतीय सवारी साधनको विकास एवं विस्तारमा अग्रणी भूमिका खेलिरहेको छ ।

‘नेक्सन इभी म्याक्सको बजारमा बिक्री वितरण आरम्भसँगै यस्तो भूमिका अझ सुदृढ हुने हामीले अपेक्षा गरेका छौं’, टाटा मोटर्स पेसेन्जर भेहिकल लिमिटेड एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेस चन्द्रले भने । ‘अत्याधुनिक जिपट्रन प्रविधियुक्त नेक्सन इभी म्याक्समा जस्तोसुकै मौसम र सडक अवस्थामा यात्रा गर्न सकिन्छ । साथै, रेञ्ज, आराम र बनावट जस्ता दृष्टिकोणले पनि यो सर्वोत्कृष्ट छ । त्यसैले विद्युतीकरणको दिशामा अगाडि बढिरहेको नेपाली अटोमोबाइल बजारमा यसले अमिट छाप छोड्न सफल हुनेमा हामी विश्वस्त छौं’, उनले थपे ।  

उनका अनुसार यो विद्युतीय एसयूभीले नेपाली ग्राहकहरूको विद्युतीय गाडीको अनुभवमा एक नयाँ आयाम थपेर टाटा ब्रान्डको छविमा सकारात्मक योगदान पुर्‍याउने छ ।

त्यस्तै, सिप्रदी ग्रुप अफ कम्पनीज्का अध्यक्ष सिद्धार्थ शमशेर जबराले नेक्सन इभी म्याक्स नेपाली ग्राहकहरूको बदलिँदो आवश्यकता एवं इच्छालाई परिपूर्ति गर्ने एक नवीन सौगात भएको बताए । यो गाडी सिप्रदी र टाटा मोटर्सबीचको साझेदारीमा एक नयाँ कोशेढुंगा सावित हुने उनको विश्वास छ ।

राणाका अनुसार सिप्रदी भविष्यका दिनहरूमा टाटा मोटर्सका उच्चस्तरका उत्पादनहरू नेपाली बजारमा निरन्तर ल्याउन सदैव उत्साहित एवं प्रतिबद्ध छ ।

salt training

कमेन्ट गर्नुहोस्