१२ साउन २०८३, मंगलबार

देशभर भाडामा सवारी उपलब्ध गराउँदै सजिलो रेन्टल

बैशाख २७, २०८०
देशभर भाडामा सवारी उपलब्ध गराउँदै सजिलो रेन्टल

काठमाडौं उपत्यका भित्रै परिवार लिएर एक दिन घुम्न निस्कनुपर्ने, विशेष समारोह गर्नुपर्ने, धार्मिक तथा पर्यटकीय गन्तव्य जानुपर्ने छ ? त्यसो हो भने अब सजिलो रेन्टललाई सम्झिन सकिने भएको छ ।

स्वदेश तथा विदेशी नागरिकलाई विनाझन्झट मोबाइल स्क्रोल गरेर चाहेकै सवारी किफायती मूल्यमा भाडामा पाइन्छ । यस्तो सुविधा सजिलो रेन्टलले देशैभर दिन थालेको छ ।

सजिलो रेन्टलले प्रमुख शहरहरूबाट सवारीसाधन भाडामा लिन पाइने सुविधा दिएको छ । एपमार्फत प्रविधिको प्रयोगबाट आधुनिक सुविधा दिइरहेको सजिलो रेन्टलले जानकारी दिएको छ । उपत्यका र उपत्यकाबाट बाहिरिने यात्रुका लागि यस्तो सवारी भाडामा दिइने गरिएको सजिलो रेन्टलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दामोदर फुयाल ‘प्रज्वल’ले बताए ।

सजिलो रेन्टलले रातो नम्बर प्लेटका व्यक्तिगत सवारीसाधन, कालो प्लेटका सार्वजनिक सवारीसाधन र हरियो नम्बर प्लेटका पर्यटकीय सवारीसाधनलाई भाडामा दिने प्लेटफर्म दिएको छ । यसको प्लेटफर्म प्रयोग गर्ने यात्रुले न्यूनतम ४ घण्टा सवारीसाधन भाडामा लिनुपर्छ ।

दामोदर फुयाल ‘प्रज्वल’ : प्रमुख कार्यकारी अधिकृत, सजिलो रेन्टल

सवारी भाडामा लिएर उपत्यका भित्र विदेशी यात्रुले धार्मिक तथा पर्यटकीय गन्तव्यमा घुम्न जाने गरेका छन भने उपत्यका बाहिरका चितवन, पोखरा, इटहरी, विराटनगर, धनगढी, नेपालगन्जसहितका शहरी गन्तव्यबाट सेवा दिइरहेको छ । यी गन्तव्यबाट यात्रुले सबै प्रकारका गाडीहरू कार, भाडामा लिन सक्ने सुविधा दिइएको छ ।​ 

सवारी भाडामा लिएर उपत्यका भित्र विदेशी यात्रुले धार्मिक तथा पर्यटकीय गन्तव्यमा घुम्न जाने गरेका छन भने उपत्यका बाहिरका चितवन, पोखरा, इटहरी, विराटनगर, धनगढी, नेपालगन्जसहितका शहरी गन्तव्यबाट सेवा दिइरहेको छ । यी गन्तव्यबाट यात्रुले सबै प्रकारका गाडीहरू कार, भाडामा लिन सक्ने सुविधा दिइएको छ ।​

रेन्टल एपमा आबद्ध भएर सवारी धनीले गाडी भाडा लगाउँदै अतिरिक्त आम्दानी गर्न सक्छन भने यात्रुले पनि आफूलाई चाहिएकै प्रकृतिको गाडी चाहेकै समयका लागि लिन पाउने छन् ।

सवारी धनीले गाडी भाडामा लगाए वापत लिएको रकमको १० प्रतिशत रकम भने सेवा शुल्कको रूपमा रेन्टलले लिने गर्छ । सजिलो रेन्टलले दिइरहेको सेवा बजारमा हाल उपलब्ध सेवा तथा सुविधाको शुल्क सस्तो पर्ने दाबी सजिलो रेन्टलका सीईओ फुयालले बताए ।

सजिलो रेन्टलबाट लिन सकिने यस्तो सवारीको भाडा सम्बन्धित सवारी धनीले तोकेकै शुल्कमा तय भएको हुन्छ । यस्तो शुल्क यात्रु तथा सवारी धनी दुवैले चाहेअनुसार नै हुने भएकोले यसबाट दिइने सेवा सुविधालाई पछिल्लो समय रुचाइएको छ ।

सजिलो रेन्टलका अनुसार अहिलेसम्म करिब १२ सय वटा सवारीसाधन भाडामा लगाउने प्रयोजका लागि आबद्ध भइसकेका छन् । 

सवारीसाधनको प्रकृतिअनुसार भाडा दर भने फरक–फरक छ । यस्तो सवारी भाडामा लिँदा यात्रुले १० प्रतिशत बुकिङ गर्दा, ४० प्रतिशत ट्रिप शुरु गर्नुअघि र बाँकी रकम ट्रिप सकिँदासम्म दिन सकिने सुविधा उपलब्ध गराएको छ । यस्तो सेवा सामान्य कारदेखि ठूला पर्यटकीय सवारी सम्म नै उपलब्ध रहेको रेन्टलले जनाएको छ ।

रेन्टलबाट सेवा लिएका यात्रुको लागि बाटोमा पर्ने असहज अवस्थामा समेत सहजीकरण गर्ने गरेको छ । लामो दूरीको यात्राका लागि सवारीसाधना भाडामा लिएर गएका यात्रुलाई बाटोमा गाडी बिग्रिएको अवस्थामा अर्को गाडी पठाएर सेवा दिने गरिएको सजिलो रेन्टलका सीईओ फुयालले बताए ।

सजिलो एपमा कार पुलकोसमेत सुविधा

सजिलो रेन्टलले यात्रुको सुविधालाई दृष्टिगत गरेर कार पुलको सुविधा पनि ल्याएको छ । यस्तो सुविधा लिँदा सस्तोमा गुणस्तरीय सेवा पाउने छन् । कम्पनीले थप शुल्क नलिइ सवारी धनी तथा यात्रुको सुविधा लागि कारपुलको सुविधा ल्याएको सजिलो रेन्टलका सीईओ फुयालले बताए ।

नेपालको बजारमा पहिलो कार्यक्रम भएको दाबी गर्दै फुयालले भने ‘सजिलो रेन्टलले दिएको यो सुविधा यात्रुले रुचाउँदै जान थालेको देखिएको छ ।’ यस्तो सुविधा पनि जुनसुकै गन्तव्यको लागि हुने छ । जस्तै काठमाडौंबाट पोखरा कुनै सवारी गएको छ त्यो सवारीसाधन फर्कँदा रित्तै फर्कनुपर्ने हुन्छ । तर सजिलो रेन्टलसँग जोडिएर भने उक्त सवारी यात्रु लिएरै फर्कन सक्छ । रित्तै फर्कनुभन्दा कार पुलमार्फत सेवा लिएर यात्रु बोकेर आउन सक्छ । जसले गर्दा सवारीसाधन खाली दौडन परेन भने यात्रुलाई पनि थप सुविधा हुने छ ।

सजिलो रेन्टलले दिने सुविधाका लागि सवारी धनीले चालकविना र चालकसहित आफ्ना गाडी उपलब्ध गराउन सक्छन् । चालक विनाका गाडीको हकमा भने रेन्टलले प्रोफेशनल ड्राइभर राखेर सवारीसाधन चलाउने गर्छ । सजिलो रेन्टलले दिएको सुविधाप्रति यसका प्रयोगकर्ता सन्तुष्ट भएको प्रतिकृया पाइरहेको पनि फुयालले बताए । यात्रुको सेवालाई थप व्यवस्थित र सहजीकरण गर्दै जाने नीति रेन्टलले लिएको छ । सजिलो एपले अब गन्तव्य र सवारी छनोट गर्दा आफैं त्यसको शुल्क तय हुने व्यवस्थासमेत गर्दैछ ।

पछिल्लो समय सजिलो रेन्टलमा स्कूल, कलेज, एनजीओ, आइएनजीओ, साथी सर्कलदेखि घुम्न रुचाउने र धार्मिक गन्तव्यको यात्रा गर्नेले भाडामा सवारी लिइरहेका पनि फुयालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्